अन्नपूर्णामा HPV Vaccine लगाउने कार्य सम्पन्न
5 February

अन्नपूर्णामा HPV Vaccine लगाउने कार्य सम्पन्न

अन्नपूर्णा मा.वि. पार्वतीपुरमा कक्षा ६ देखि १० सम्म अध्ययनरत २३६जना छात्राहरू मध्ये २०४जना छात्राहरूले हिजो २०८१ माघ २२ गते मंगलबार HPV (Human Papillomavirus) Vaccine लगाएकोछ । १५ जना छात्राहरूले यस अगाडि नै उक्त भ्याक्सिन लगाइ सकिएको र १७ जना छात्राहरू अनुपस्थित रहेको पाइयो । अनुपस्थित छात्राहरूलार्इ अाज अन्य खोप केन्द्रमा पठाएर लगाउने व्यवस्था मिलाइनेछ । महिलाहरूमा पाठेघरको मुखमा हुने क्यान्सर विरूध्दको यो खोप हाल नेपाल सरकारद्वारा कक्षा ६ देखि १० सम्म अध्ययनरत नेपाल भरिका सबै छात्राहरूलार्इ निशुल्क रूपमा उपलब्ध गरार्इ नजिकको स्वास्थ्य चाैकीमार्फत लगाउने अभियान सञ्चालनमा रहेकोछ ।