अन्नपूर्णा मा.वि. लार्इ रू. १ लाख १ हजार १ सय १ रूपैया नगद अक्षयकोष स्थापनाका लागि प्रदान ।
11 June

अन्नपूर्णा मा.वि. लार्इ रू. १ लाख १ हजार १ सय १ रूपैया नगद अक्षयकोष स्थापनाका लागि प्रदान ।

स्वर्गीय शेखरनाथ घिमिरे, पार्वतीपुर फेरोमा चर्चित समाजसेवीको नाम हो । वहाँको निवासस्थान भरतपुर २१, रतनपुर, शुभकामनाचोकमा हाल वहाँकी धर्मपत्नी श्री गंगादेवी पण्डित घिमिरे, वहाँका छोरा बुहारी लगायतका परिवारका सदस्यहरूसँग बस्दै अाउनु भएकोछ । मिति २०८२ साल जेठ २७ गते स्वर्गीय शेखरनाथ घिमिरेज्यूको चाैथो स्मृति दिवसको अवसरमा वहाँकी धर्मपत्नीले अन्नपूर्णा मा.वि. पार्वतीपुरमा रू. १,०१,१०१।- (एक लाख एक हजार एक सय एक रूपैया) को छात्रवृत्ति अक्षयकाेष स्थापना गर्न विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष श्री जगन्नाथ कँडेल र प्रधानाध्यापक श्री बटुकलाल तमाङलार्इ नगद रकम हस्तान्तरण गर्नु भएकोछ । उक्त मूलधनबाट प्राप्त हुने ब्याजबाट यस विद्यालयमा अध्ययनरत विपन्न वर्गका विद्यार्थीहरूलार्इ पढाइमा निरन्तरता दिन सहज होस् भनी हरेक वर्ष छात्रवृत्ति वितरण गरिनेछ ।

स्वर्गीय शेखरनाथ घिमिरेले अाफ्नो जीवनकालमा यस विद्यालयको शैक्षिक, भाैतिक र अार्थिक उन्नयनको लागि अतुलनीय योगदान दिनु भएको थियो ।

१) २०४८ सालमा यस विद्यालयमा गुणस्तरीय शिक्षा समितिको संयोजक भै समितिबाट दिइएको प्रतिवेदन बमोजिम क्रियाकलापहरू विद्यालयमा सञ्चालन हुँदा तात्कालिन समयमा विद्यालयको नतिजा निकै प्रभावकारी भएको थियो ।

२ं) २०५४ सालमा १०+२ कक्षा सञ्चालन अारम्भ गर्न उच्च मा.वि. संयोजन समितिका संयोजकका रूपमा प्रभावकारी कार्यहरू गर्नु भयो । अाफ्नो व्यक्तिगत चन्दाका अलाव अाफू पार्वतीपुर गा.वि.स. अध्यक्ष भएको हैसियतले त्यति बेला उच्च मा.वि.मा अध्यापन गर्नु हुने ३ जना शिक्षकहरूको वार्षिक तलब अनुदान गा.वि.स.बाट उपलब्ध गराउनु भएको थियो ।

३) विभिन्न समयमा विद्यालय व्यवस्थापन समितिको सदस्यको रूपमा कार्य गर्नु भएको थियो।

४) विद्यालयमा धनधान्यञ्चल महायज्ञ, कन्सर्ट, स्वर्ण महोत्सव जस्ता कार्यक्रमहरूमा विभिन्न उपसमितिको संयोजक भै खटिनु भएको र उल्लेखनीय चन्दा प्रदान गर्नु भएको ।

वहाँको स्वर्गवासी अात्माको बैकुण्ठबासको कामना गर्दछाैं । यस महान कार्यको लागि वहाँको धर्मपत्नी, छोराहरू श्री भरत घिमिरे र श्री कोमलनाथ घिमिरे (हाल प्र.अ. भीमनगर मा.वि.) लार्इ विद्यालय परिवार हार्दिक अाभार व्यक्त गर्दछाैं ।