तिहार पर्व तथा छठ पर्व विदा सम्बन्धी सूचना !

मिति २०८२ कातिक २ गते र ९ गते भरतपुर महानगरको वार्षिक शैक्षिक क्यालेण्डर बमोजिम वर्षे विदामा समायोजन हुने गरी र कातिक ३ देखि ७ गतेसम्म तिहार पर्वको सार्वजनिक विदा तथा कातिक १० गते छठ् पर्वको सार्वजनिक विदा भएकोले सो अवधिमा विद्यालय बन्द रहने व्यहोरा सम्बन्धित सबैलाई सूचित गरिन्छ । २०८२ कातिक ११ गते मंगलबारबाट नियमित कक्षाहरु सञ्चालन हुने व्यहोरा समेत सूचित गरिन्छ ।
-विद्यालय प्रशासन